एउटा डिभाइसबाट एक पटकमात्रै सवारी लाइसेन्सकाे लागि आवेदन दिन पाइने

Jan 25, 2021 03:43 PM Merolagani

एउटा डिभाइसबाट एक पटकमात्रै अनलाइन सवारी लाइसेन्स आवेदन दिन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलिमिटेड बनाउदै यस्तो व्यवस्था गरेको हो ।

विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले यस्तो व्यवस्था गरेको हो । खासगरी विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको हो ।

एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन मिल्ने छ । यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।