बुद्धभूमि नेपाल हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बाेर्ड

Jan 26, 2021 03:15 PM Merolagani

बुद्धभूमि नेपाल हाइड्रोपावर (BNHCL) ले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। कम्पनीले माघ ८ गते आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति माग गरेको छ। त्यसमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित नुवाकोट जिल्लामा बासिन्दालाई निष्काशन गरिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै सिभिल क्यापिटलाई नियुक्त गरिसकेको छ। कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपि आईपीओ ग्रेड ४’ प्रदान गरेको छ।

कम्पनीको हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले नुवाकोट जिल्लाको तादी खोलामा ५ मेगावाटको ओयोजना निमार्ण गर्दैछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।