ब्याज आम्दानीमा गिरावट भएपनि ज्योति विकास बैंकको नाफामा सामान्य सुधार

Jan 27, 2021 09:31 AM Merolagani



ज्योति विकास बैंक(JBBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ। याे गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो।

खुद ब्याज आम्दानीमा गिरावट आएतापनि बैंकको अन्य सञ्चालन आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि नाफामा सुधार आएको हो।

समीक्षा अवधिसम्ममा बैंकले ६४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.०५ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यसैगरी, चालु आर्थिक वर्षको ६ महिनामा बैंकको सञ्चालन मुनाफा ८.९५ प्रतिशतले बढेर ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा ४४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५१ करोड रुपैयाँ ९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जामा सुधार भएको देखिन्छ। गत वर्षको यसै अवधिमा ०.८० प्रतिशत निष्कृय कर्जा अनुपात रहेको बैंकको यस अवधिसम्ममा ०.१२ प्रतिशत विन्दुले सुधार हुँदै ०.६८ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा छ। गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकको यस्ताे आम्दानी १६ रुपैयाँ ७ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८१ गुणा बढी रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।