कुमारी बैंकको 'डिजिटल इन्सेन्टिभ योजना' सुरू

Jan 27, 2021 03:13 PM Merolagani

कुमारी बैंकले (KBL) आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले 'इन्सेन्टिभ योजना' सुरु गरेको छ । उक्त योजना अन्तर्गत पौष १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन “ कुमारी स्मार्टमा ” रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता पाउनेछन् ।

सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत २ हजार रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्नेछ ।

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ । सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोगतर्फ डो¥याउनेमा बैंकका डिजिटल प्रमुख अनिष ताम्राकार विश्वस्त रहेका छन् ।

विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिंग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा आफ्ना देशव्यापी १९२ शाखा संजाल, १५६ एटिएम लगायत २३ शाखाराहित बैंकिंग ईकाईहरु मार्फत अझ द्रुत गतिमा प्रभावकारी बैंकिंग सेवा सुविधाहरु पुर्याउँदै जाने प्रतिबद्धता गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।