भूँइचालाे पछि फुरेकाे आइडिया,घरको स्वास्थ्य जाँच्ने ‘स्किल‘ सेवामा तीन युवा तपाईंको सारथी बन्दै

Feb 09, 2021 11:13 AM Merolagani

युवराज बस्नेत

के तपाई नयाँ घर बनाउने झन्झटले निमार्ण भइसकेको घर किन्दै हुनुहुन्छ ? अथवा घर बनिसकेको केहि महिना भित्रै घरको निमार्णमा समस्या आएका छन् । 

पछिल्लो समय नयाँ घर बनाउने झन्झटले पुराना बनिसकेकै घर किन्ने क्रेज बढेको छ जसले गर्दा विभिन्न प्राविधिक समस्या आएर हैरानी व्यहोर्नु पर्छ । त्यसैगरी गुणस्तरीय निमार्ण सामाग्रीको प्रयोगले घर बनेको महिना नवित्दै घरको भित्ता,सिलिङ्गमा चिसो पस्ने, रङ उकिने तथा चर्किने लगाएत विभिन्न समस्या आएको त छैन ।

यदि छ भने अब तपाईंले घर जाच्ने चिकित्सकलाई समस्या देखाउन जरुरी छ । यी र यस्तै घर निमार्णमा आएका समस्यालाई समाधान गर्न तीन युवाले स्किल सेवा सुरु गरेका छन् । घरको स्वास्थ्य परीक्षण गर्ने तीन चिकित्सकले सुरु गरेको स्कील सेवा पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

एक कलको भरमा तपाईको घरमा आएर प्राविधिकहरुले चेकजाँच गर्ने प्रविधि विकास गरि सेवा दिनथालेका छन् । ख्वपा ईन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङ गरेका तीन युवा रमेश तिमल्सिना, रामशरण बिक्रम थापा र महेश तिमल्सिनाले स्किल सेवा हाँकिरहेका छन् ।

कम्पनीले तपाईंले किन्न लागेको घरको गुणस्तर चेकजाँच गरी समस्याको समाधान खोज्ने काम गर्छ । खासगरी प्राय: हचुवामै आँखाले बाहिरी आवरण अनुमान गरेकै भरमा घर किन्ने प्रचलनले ठूलो जोखिम निम्तिने गरेको भन्दै तीन युवाले यस्तो सेवा दिन थालेका हुन ।

जसरी मानिसले आफ्नो शरीरलाई नियमित रुपमा अस्पताल गएर चेकजाँच गर्छ त्यसरी नै स्कील  सेवाले नयाँ तथा पुराना घरको परीक्षण गरेर आवश्यक उपचार सेवा दिइरहेको स्किल सेवाका संस्थापक रमेश तिमल्सिनाले बताए ।

उनका अनुसार घरमा भएका प्राविधिक समस्या आउनुभन्दा अगाडी विभिन्न हाइटेक डिभाइस, सफ्टवेयर डिभाइस मार्फत घरको समस्यालाई स्क्यानिङ गरेर समस्याको पहिचान गरी समाधान दिनुनै स्किल सेवाको मुख्य उदेश्य हो ।

कसरी गर्छ काम ?

ग्राहकले घर किन्ने तयारीमा हुन्छ र उक्त घर भित्र समस्या भए नभएको पहिचना गर्न स्कील सेवालाई सम्पर्क गर्छ ।

ग्राहकले स्कील सेवालाई सम्पर्क गरेपछि कम्पनीले ग्राहकको घरमा दक्ष जनशक्तिको साथ टिम पठाउँछ र विदेशबाट हाइटेक डिभाइसको सहायताले इन्जिनियर टेक्निसियनहरुले थर्मल क्यामेरा, मिक्चर मिटर, स्टक डिटेचरहरुमार्फत सो घरको समस्या पहिचान गरिदिन्छ ।

ढलान भित्र नदेखिने समस्याहरु जस्तै लिकेज,सिकेज, स्ट्रक्चरलाई पनि विभिन्न सफ्टवेयरको प्रयोग मार्फत समाधान दिइन्छ । स्कील सेवाले ग्राहकको सम्पर्क गरेअनुसार घरमा भएको समस्यालाई रिपोर्टमा तयार गर्छ ।

 

होम इन्सपेक्सनमा प्रविधिको प्रयोगमार्फत काम गर्ने पहिलो कम्पनी नै बनेको छ ।विशेषगरी घरहरूमा एउटै किसिमको समस्या बारम्बार आइरहन्छ ।

जस्तै आज फ्यूज बिग्रिएर फेरिन्छ, पुन अर्को हप्ता बिग्रिसकेको हुन्छ । फ्यूज जस्तै पानीको पाइप, बत्ति, सिमेन्ट गुणस्तर, रड, रङ, रेलिङ् लगायतका विभिन्न समस्या आइरहेका हुन्छन् । प्लम्बर र इलेक्ट्रिसियनबाट पनि कतिपय अवस्थामा समस्या समाधान भएको हुँदैन ।

यस्तो अवस्थामा स्कील सेवाले थर्मल क्यामरा, मोइस्चर मिटरलगायत उपकरणको प्रयोग मार्फत घरको एक्सरे गरी समस्या पहिचान गर्छन ।

घरको भित्ताको प्लास्टरभित्र तार चुँडिएको,पाइप फुटेको,पानी रसाएको समस्या जाँच गरिन्छ । ग्राहकले यदि स्कील सेवामार्फत सेवा लिन चाहेको खण्डमा वेवसाइट तथा फेसबुक मार्फत नै अर्डर गर्नुपर्ने हुन्छ ।

 

संस्थापक तिमल्सिनाको अनुसार स्कील सेवा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीबाट फुरेको एउटा आईडिया हो । खासगरी यी युवाले भुकम्प पछि यो सेवा थाल्ने गृहकार्य थालेका थिए ।

अहिले घर घर मै गएर सेवा दिदै आएका छन् । कलेज समयदेखिनै यस्ता क्रियाकलापमा सक्रिय रहेका यी युवाले सुरुवाती दिनमा एउटा कोठाबाट ३ लाख रुपैयाँ लगानीबाट सुरु गरेका हुन । स्कील सेवा गत पुसबाट तीन युवा टिम सहित औपचारीक रुपमा सुरु भएको थियो ।

स्कील सेवाले ५० वटा भन्दा बढी घरहरुको प्राविधिक टेस्ट गरि समस्या समाधान गरिसकेकाे छ । अहिले स्किल सेवासँग ५०० जनाले रोजगारीको अवसर पाएको छ जसमा २० जना प्राविधिक टिम समेत रहेका छन् ।

 

 

 

 

 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।