महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Feb 15, 2021 03:45 PM Merolagani

महालक्ष्मी लाइफ इन्स्योरेन्स (MLIL) काे वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणको लागि ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्योडसिनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय अवस्था र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

यस्तै सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन  सहित आर्थिक वर्ष २०७५/७६ को वासलात,नाफा नोक्सान हसिाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।

सभाले संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ,शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे नर्विराेध सञ्चालकमा चयन भएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।