पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने,बीमा समितिका अध्यक्ष के हुन्छन् ?

Feb 23, 2021 07:02 PM Merolagani



सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओलीको प्रतिनिधि सभाको विघटन बदर गरेसँगैै पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएका छन् ।

सरकारले प्रतिनिधिसभाको विघटन पछि विभिन्न राजनीतिक नियुक्ति दिएको थियो भने संबैधानिक नियुक्ति पनि प्रकृया संगत भएका थिएनन् ।

सरकारले अख्तियारका प्रमुख र एक आयुक्त, निर्वाचन आयाेगका दुइ जना आयुक्तहरूलाइ  संसद बिघटन भएकाले  संसदीय सुनवाइ नगरी नियुक्ति दिएकाे थियाे ।  पुष ५ अघि नियुक्त भएपनि उनीहरूकाे नियुक्ति खारेजी हुने देखिएकाे छ ।

प्रदेश दुईको प्रदेश प्रमुख राजेश अहिराजकाे नियुक्ति पनि बदर हुने देखिएकाे छ । यस्तै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालकाे नियुक्ति पनि खेर जाने संभावना छ ।




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।