मेगा बैंकको टेम्पोमा क्यूआरकोड सुविधा

Mar 01, 2021 06:57 PM Merolagani



मेगा बैंकले (MEGA) टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ ।काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । उपत्यकाका टेम्पो चालकहरुमार्फत उद्घाटन गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।