बैशाखमा ‘जोडी बाध्ने’ तयारीमा रहेकाले अहिलेदेखि नै किन्न थाले सुन, सुनसान रहेका सुन पसलमा एकाएक ‘भीड’

Mar 03, 2021 04:53 PM Merolagani



लगन नभएका कारण पुसदेखि विवाह हुन सकेको छैन् । बैशाखमा भने विवाहको लगन छ ।बैशाखमा विवाह गर्न तम्सेकाहरु सुनको जोहो अहिलेदेखि गर्न थालेका छन् ।

बैशाखमा हुने विवाहका लागि अहिलेदेखि नै सुनको जोहो गर्न थालेका कारण केही समयदेखि सुन सान देखिएको सुन पसलहरुमा एकाएक ‘भीड’ लाग्न थालेको छ ।

‘लभ’ म्यारिज गर्ने र मागी विवाह गर्नेले विवाह पञ्चमीको अवसर छोपेर गरेपनि अन्यले भने लगन नभएका कारण पुसदेखि विवाह  गर्न पाएका छैनन् । बिवाहको लगन नभएको चार महिना भएको छ । यति लामो समयपछि विवाहको सिजन बैशाखमा आउँदै छ ।

लामो समयपछि आउन लागेको विवाहको सिजन अघि नै सुन खरिद गर्नेको पसलमा भीडभाड लाग्न थालेको छ । विवाहको लगन नभएकाले सुनसान बनेका सुन पसलहरुमा यति बेला भीडभाड देखिन थालेको छ ।

यता, सुन व्यवसायीलाई बैशाखमा हुने विवाहका लागि सुन बिक्री गर्न भ्याइनभ्याइ छ । बैशाखमा हुने विवाहका लागि सुन खरिद गर्नेको चाप बढेको सुन व्यवसायी मणिरत्न शाक्यले बताए ।

‘विवाहको सिजन नभएका कारण विगत चार महिनादेखि सुन बिक्री गर्न पाएका थिएनौं,’ उनले भने, ‘बैंशाखमा आउने विवाहको लागि सुन अहिलेदेखि खरिद गर्न थालेका कारण सुनको बिक्री बढेको छ ।’

सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । सात महिनाअघि एकतोला सुन खरिद गर्न १ लाख ३ हजार ५ सय रुपैयाँ पर्ने गर्दथ्यो । तर अहिले ८७ हजार ५ सय रुपैयाँ आएको छ ।

फेरि सुनको भाउ महंगो हुने भएकाले पनि यति बेला खरिद गरेर बैशाखमा हुने विवाहका लागि जोहो गरिदै छ ।

विवाहको लगन नभएका बेला निरास बनेका सुन व्यवसायीहरुमा यतिबेला उत्साह छाएको छ । पुसदेखि निरास बनेका व्यवसायीहरु बिवाह पञ्चमी आउनु अघिका दिनमा उत्साह छाएपनि त्यसपछि भने निरास बनेका थिए । अब फेरि विवाहको आशा पलाएको व्यवसायीहरु बताउँछन् ।

गत पुसदेखि नै लगन नभएका कारण व्यापारमा कुनै उत्साह नभएको सुन व्यवसायी शाक्यले बताए । फागुनको सुरुवातसँगै सुन बजारमा व्यापार फस्टाउने आशा जागेको उनको भनाइ छ ।

‘अहिले व्यापार राम्रो हुँदै गएको छ,’ शाक्यले भने, ‘व्यापार हुने समयमा सुनको अभाव हुन थालेको छ ।’
सरकारले सुन आयातमा कटौती गर्दै दैनिक १० किलो मात्र ल्याउन स्वीकृत दिने गरेको छ । लकडाउन अघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो । त्यसबाहेक चाडपर्व र लगनको समयमा दैनिक २५ किलोसम्म सुन आयात गर्न स्वीकृत दिने गरिएको थियो । तर अहिले दैनिक १० किलो मात्र आयात भएकाले पनि अभाव हुन गएको हो ।

यता, बजारमा सुनको माग दैनिक २५ देखि ३० किलोसम्म हुँदै आएको छ । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा सुनको अभाव हुन गएको हो । सुन चाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन सरकारसँग माग गर्दै आएको छ । तर सरकारले सुनको कोटा बढाउने बिषयमा कुनै निणर्य गरिसकेको छैन् ।

कोरोना भाइरसका कारण सुनको मूल्यमा उच्च रुपमा बढेर तोलाको १ लाख माथि पुगेपछि सुन खरिद गर्नेहरुमा कमी आएको थियो । तर अहिले सुनको मूल्य घटेको छ । तर बजारमा सुन भने अभाव हुँदै गएको छ ।

केही सयमअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको थियो । गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो । उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो ।

तर अहिले (बुधबार) एक तोला सुन किन्दा ८७ हजार ५ सय तिरे मात्र पुग्छ । करिव सात महिनाको अबधिमा सुन तोलामा १६ हजार रुपैयाँ घटेको छ ।

सुन सस्तो भएपछि बजारमा सुनको अभाव देखिन थालेको छ । व्यवसायीले पनि सुनको अभाव देखाउन थालेका छन् ।

सुन सस्तो हुँदा उपभोक्तालाई भने फाइदा भएको छ । उपभोक्ताले सस्तो मूल्यमा सुन खरिद गर्न पाएका छन् ।

सुन आयात गर्दै आएको नेपाल बैंकर्स संघसँग पनि स्टकमा सुन नभएको प्रतिक्रिया दिएको छ । यो साता १०० किलो सुन आउने संघको भनाइ छ ।

कोरोना भाइरसका कारण २०७७ साल सुन व्यवसायीका लागि खुशीको वर्ष बन्न सकेन् । तर, नयाँ बर्ष २०७८ भने सुन चाँदी व्यवसायीहरुलाई खुशीको वर्ष हुने अनुमान गरेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।