महालक्ष्मी विकास बैंकको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

Mar 05, 2021 09:33 AM Merolagani

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्ता पूँजीको ८.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले चैत १३ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजु शुरु हुनेछ। सो सभामा भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सो सभाले बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावरी संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।