एफपीओ निष्काशन गर्न किसान लघुवित्तले मर्चेन्ट बैंकहरुसँग माग्यो कोटेशन

Mar 11, 2021 09:36 AM Merolagani



किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) ले एफपीओ निष्काशन गर्न मर्चेन्ट बैंकहरुसँग कोटेशन माग गरेको छ।

  लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता शेयर एफपीओ निष्काशन गर्नु पर्ने भएकोले इच्छुक एफपीओ जारी गरी सकेका अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) ले आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको छ।

किसान लघुवित्त एनआरएन लघुवित्त र किसान माइक्रोफाइनान्स गाभिएपश्चात बनेको कम्पनी हो। यी दुई सूचीकृत कम्पनीहरु गाभिनुअघि एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेको थियो भने किसानले दिव्य लघुवित्तलाई गाभेको थियो। सूचीकृत कम्पनीहरुले सूचीकृत नभएका कम्पनीहरु गाभेका कारण शेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।