एफपीओ निष्काशन गर्न किसान लघुवित्तले मर्चेन्ट बैंकहरुसँग माग्यो कोटेशन

Mar 11, 2021 09:36 AM Merolagani



किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) ले एफपीओ निष्काशन गर्न मर्चेन्ट बैंकहरुसँग कोटेशन माग गरेको छ।

  लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता शेयर एफपीओ निष्काशन गर्नु पर्ने भएकोले इच्छुक एफपीओ जारी गरी सकेका अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) ले आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको छ।

किसान लघुवित्त एनआरएन लघुवित्त र किसान माइक्रोफाइनान्स गाभिएपश्चात बनेको कम्पनी हो। यी दुई सूचीकृत कम्पनीहरु गाभिनुअघि एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेको थियो भने किसानले दिव्य लघुवित्तलाई गाभेको थियो। सूचीकृत कम्पनीहरुले सूचीकृत नभएका कम्पनीहरु गाभेका कारण शेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।