सारथी नेपाल लघुवित्तले पनि एफपिओ निष्काशन गर्ने

Mar 24, 2021 09:41 AM Merolagani



सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (SNLB) ले पनि एफपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ।

लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ। यसका साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ रहेको छ। ८.१३ प्रतिशतका दरले १ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ४५ लाख ३८ हजार १५० रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।