तीन कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नुपर्ने

Mar 29, 2021 09:10 AM Merolagani



नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ।

नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुकक्लोज गर्दैछ। सोही कारण यी तीन कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

नेपाल इन्स्योरेन्स (NICL) ले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको हो।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले ३.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २८ गते, होटल बासाही, लेकसाइड, पोखरामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

यता, मिथिला लघुवित्त (MLBBL) ले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २९ गते १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा बिहान ११ बजे शुरु हुनेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।