विश्वमा एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिए, ब्राजिलमा आईसीयू बेडको हाहाकार

Mar 29, 2021 04:39 PM Merolagani



कोरोना खोप लगाउन सुरु भएतापनि विश्वभरमा कोरोनाको खतरा अझै बढिरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा पाँच लाख ८० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् र ९ हजार ८१२ जनाले कोरोनाका कारण ज्यान पनि गुमाएका छन् । यो तथ्यांक पछिल्लो एक हप्तादेखि लगातार बढिरहेको छ । यसभन्दा अघि हरेक दिन चार लाख भन्दा कम मानिस संक्रमित भइरहेका थिए ।

नयाँ संक्रमित वृद्धिकाे गतिलाई मध्यनजर गर्दै पाकिस्तान लगायतका ३७ देशहरुमा कोरोनाको तेश्रो र चौथो लहरको त्रासले सताउन लागेको छ । जसमध्ये अमेरिका, ब्राजिल, बेलायत, फ्रान्स, जर्मनी, पोल्याण्ड, इटली, यूक्रेन, स्पेन लगायतका राष्ट्रहरु छन् । यीमध्ये कैयौं देशहरुले कोरोनाको दोश्रो र केहिहरुले तेश्रो लहरकाे सामना गरिरहेका छन् ।

अमेरिकाको फ्लोरिडामा युवाहरुमा तिव्र रूपमा फैलिदैँछ कोभिड १९

अमेरिकाको फ्लोरिडा राज्यमा कोभिड १९ भाइरस फेरि तिव्रताकासाथ फैलिरहेको छ । यसपटक भाइरसको असर सबैभन्दा बढि यु्वाहरुमा देखिइरहेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार हरेक दिन पाँच हजार भन्दा धेरै संक्रमितहरु थपिएका छन् । यस अनुसार संक्रमितमा ८ प्रतिशतको बढोत्तरी देखिएको छ । यी संक्रमितमध्ये ८० देखि ९० प्रतिशत मानिसहरुको उमेर ४० वर्षभन्दा कम रहेको छ ।

ब्राजिलमा आईसीयूको बेडमा कमी हुँदा कुर्चीमा हुँदैछ उपचार

अमेरिका पछि विश्वकै सबैभन्दा संक्रमित देश ब्राजिलको अवस्था नियन्त्रणभन्दा पर गइरहेको छ । यस देशमा हालसम्म एक करोड २४ लाख भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिइसकेका छन् भने तीन लाख १० हजार भन्दा धेरै संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा हाल विश्वकै सबैभन्दा धेरै नयाँ संक्रमण भेटिरहेको छ र ज्यान गुमाउनेको संख्या पनि धेरै नै छ । यस्तो अवस्थामा कैयन् अस्पतालमा नयाँ संकट उत्पन्न भइरहेको छ । देशको राजधानी ब्राजिलीयासमेत गरी २६मध्ये १६ राज्यमा आईसीयू बेडको कमी भइरहेको छ । ९० प्रतिशतसम्म सबै बेडहरुमा संक्रमित भरिएका छन् । रियो ग्राण्ड डो सुल राज्यको आईसीयू केयर यूनिटकालागि दुई सातादेखि प्रतिक्षामा हुने बिरामीहरुको संख्या दोब्बर भइसकेको छ । रेष्टिंगा अस्पतालको इमरजेन्सी रुम कोभिड वार्ड बनिसकेको छ । कैयन् बिरामीहरु बेडको कमीका कराण कुर्चीमा नै बसेर उपचार गर्न बाध्य भएका छन् । संक्रमितहरु अत्यन्त गम्भिर लक्षण र अक्सिजनको स्तर अत्यन्त कम भई आइरहेको अस्पतालका निर्देशक पाउलो फर्नांडो बताउँछन् । दक्षिण ब्राजिलको सबैभन्दा समृद्ध शहर पोर्टो एलेग्रीको अस्पतालमा पहिलेभन्दा धेरै युवा संक्रमितहरु आइरहेका छन् । यस्तै हरेक घण्टा १२५ जना संक्रमितहरुको ज्यान गइरहेको छ र चिहानमा शवहरुको लाइन लागेको छ ।

पाकिस्तानले तेश्रो लहर रोक्नका लागि प्रतिबन्ध लगायो

पाकिस्तानमा फेरि एक पटक कोरोना संक्रमितको संख्या बढिरहेको छ । पाकिस्तानी सरकारले कोरोनाको तेश्रो लहरको खतरा बढ्ने चिन्ताका कारण प्रतिबन्ध लगाउन सुरु गरेको छ ।पाकिस्तानका ८ प्रतिशतभन्दा धेरै पोजिटिभ दर हुने शहरहरुमा वैवाहिक समारोह तथा अन्य कार्यक्रममा धेरै भिडभाड गर्न नपाइने नियम लागु गरिएको छ ।

पाकिस्तानमा हाल हरेक दिन चार हजार भन्दा धेरै संक्रमित भेटिएका छन् भने १०० देखि १५० संक्रमितहरुको ज्यान गएको छ ।

विश्वभरमा हालसम्म १२ करोड ७७ लाख भन्दा धेरै मानिस कोरोना संक्रमणको चपेटामा परेका छन् । तीनमा १० करोड २९ लाख भन्दा धेरै मानिस निको भएका छन् । यसैगरी विश्वमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ करोड ९५ लाख भन्दा बढि रहेको छ ।

भारतमा लगातार तेश्रो दिन ६८ हजार नयाँ संक्रमित भेटिए

भारतमा कोरोना महामारीको दोश्रो लहर तिव्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा नयाँ केसहरु भारतमा भेटिएका छन् । पछिल्लो तीन दिनदेखि लगातार यस देशमा ६८ हजार भन्दा धेरै मानिसमा संक्रमण थपिएको छ । भारतमा हालसम्म एक करोड २० लाख जना कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये एक करोड १३ लाख भन्दा धेरै निको भएका छन् र एक लाख ६१ हजारको हाराहारी संक्रमितको ज्यान गइसकेको छ ।

नेपालमा दैनिक १०० देखि १५० काे हाराहारीमा संक्रमित थपिइरहेका छन् । सोमबार तीन हजार १२२ पीसीआर परीक्षण भएकोमा १४१ जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा कुनै संक्रमितको ज्यान गएको छैन । तर यस अवधिमा ८२ जना निको भएका छन् ।

( एजेन्सीकाे सहयाेगमा । )




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।