हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गर्न अजाेड इन्स्याेरेन्सले डाक्याे साधारण सभा

Mar 30, 2021 08:17 AM Merolagani



अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

 इन्स्योरेन्सले बैशाख ७ गते, वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण सभा डाकेको हाे। इन्स्योरेन्सले बिहान ११ बजे सभा डाकेको हाे।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।