दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 30, 2021 08:36 AM Merolagani



नेप्सेमा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (चैत १७ गते) मंगलबार अन्तिम दिन हो। आजसम्म नेप्सेमा कारोबार भइका कायम आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तका साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३१ गते, मंगलबार पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले गत असार मसान्तसम्ममा कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै आरम्भ चौतारी लघुवित्तले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई १००ः९५ः९५ अनुपातमा प्राप्त गर्ने विशेष प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

त्यस्तै, एक्विजिशनपश्चात लघुवित्तको शेयर स्वमित्व संस्थापकको ६८.३० प्रतिशत र सर्वसाधारणको ३१.७० प्रतिशत रहने, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटड (USLB) ले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न चैत ३१ गते साधारण सभा डाकेको छ। सो सभा होटल पौवा, भैरहवा बिहान साढे १० बजे सभा बोलाएको हो।

लघुवित्तले बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ। बोनस शेयर र एफपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्नेछ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।