बालबालिकालाई तत्काल काेराेनाकाे भ्याक्सिन दिन विशेषज्ञले सुझाएका दुई मुख्य कारण यस्ता छन्

Apr 01, 2021 03:31 PM Merolagani

हाल विश्वभर कोरोना भ्याक्सिन लगाउने अभियान चलिरहेको छ । भारतमा करिब ३० लाख र अमेरिकामा करिब २० लाख मानिसहरुले कोरोना भ्याक्सिन लगाइरहेका छन् । विश्वभरकाे ध्यान नै वयस्कलाई भ्याक्सिन लगाउनुमा छ ।

तर वयस्कहरुलाई कोरोना भाइरसबाट बचाउँदा विशेषज्ञहरुले कोरोनासँग अन्तिम युद्ध जित्नकालागि बालबालिकाहरुलाई पनि भ्याक्सिन अत्यावश्यक भएको बताएका छन् । बालबालिकालाई भ्याक्सिन नलगाइएमा छिट्टै नै कोरोना भाइरसको कुनै नयाँ प्रकार देखापर्ने र उनीहरुलाई गम्भीर रुपमा बिरामी बनाउने उनीहरू बताउँछन् ।

अमेरिकाकाे ब्रिघम र वुमेन्स अस्पतालका डिपार्टमेन्ट अफ इमरजेन्सी मेडिसिनका चिकित्सक डा. जेरेमी स्यामुयल फस्ट र जर्जटाउन यूनिवर्सिटी मेडिकल सेन्टरका सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भायरलोजिष्ट डा. एन्जेला रसमुसेनका अनुसार बालबालिकामा कोरोनाका गम्भीर संक्रमणको संख्या निकै कम भएतापनि उनीहरुलाई तत्काल भ्याक्सिन दिनुपर्ने दुई मुख्य कारणहरु छन् ।

पहिलो कारण बालबालिकामा कोरोनाको लामो समयसम्म हुने असर जस्तै इनफ्ल्यामेटरी सिन्ड्रोम को जति पनि केस देखा परेका छन् , ती अत्यन्त गम्भिर पाइए । यद्यपी यिनीहरुको संख्या अत्यन्त कम छ ।

कोरोनाका कैयन् अन्य नकरात्मक असरका विषयमा अझै स्पष्ट छैन । कारण कोरोनाका धेरै केसहरु लक्षण बिहीन छन् । यस्तो अवस्थामा आमा बुवामा कोरोना भए नभएको थाहा हुँदैन । यो दोश्रो ठुलो कारण हो जसमा खासै ध्यान दिँइदैन ।

वास्तवमा, भाइरस फैलिरहने र धेरै खतरनाक रुपमा म्यूटेन्ट बदलिरहन्छ । यस्तो कुनै एक वा एक भन्दा धेरै म्यूटेशन बालबालिकाहरुलाई पनि हानी पुर्याउने किसिमको हुन सक्छ ।

भाइरसका केहि नयाँ प्रकार बेलायत, दक्षिण अफ्रिका, ब्राजिल र क्यालिफोर्नियामा पाइएको छ । यी प्रकारमध्ये पुराना प्रकारको तुलनामा केहि छिटो फैलिन सक्ने किसिमका छन् । बेलायतमा पाइएको बी ११.७ प्रकारबाट मृत्यु दर धेरै पाइएको छ । यद्यपी हालको भ्याक्सिनले कोरोनाका यस्ता नयाँ प्रकारका विरुद्धमा काम गरिरहेको छ ।

दुबै अमेरिकी विशेषज्ञहरुका अनुसार भविष्यमा देखापर्ने कोरोना भाइरसका प्रकारहरु पनि यसरी नै जित्न सक्ने खालका हुने वा नहुने अन्यौलपूर्ण रहेको छ । भाइरस जति फैलिन्छ, त्यसको त्यति नै धेरै प्रकार देखापर्नेछ जुन धेरै हानीकारक हुनेछ ।

बालबालिकाबाट नै यस्ता कोरोना भाइरसको नयाँ प्रकार देखा पर्नेछ, जसले उनीहरुलाई गम्भिर रुपमा संक्रमणबाट ग्रसित बनाउनेछ । विशेषगरी वयस्कहरुमा भ्याक्सिनेसन चलिरहेको समय छ र भाइरस फस्टाउन राम्रो होस्टको आवश्यक परेको समयमा बालबालिकामा यो समस्या देखिन सक्छ । डा. जेरेमी र डा. एन्जेलाको अनुसार कुनै भयावह अवस्था सिर्जना नहोस् भन्नकालागि बालबालिकालाई तिव्रताका साथ भ्याक्सिनेसन गनुपर्नेछ ।

सामूहिक प्रतिरोधात्मक क्षमता विकासकोलागि भ्याक्सिन आवश्यक

संक्रामक रोगहरुका चर्चित विशेषज्ञ डा. एन्थोनी फोसी समेत केहि विशेषज्ञहरुका अनुसार सामूहिक रुपमा प्रतिरोधात्मक क्षमताको विकास गर्न बालबालिकालाई भ्याक्सिन दिनु आवश्यक छ ।

बालबालिकाकालागि कोरोना भ्याक्सिन सुरक्षित छ वा छैन भन्ने जान्न क्लिनिकल परीक्षण चलिरहेको छ तर हामी यी परीक्षणबाट कुनै भयंकर नतिजा नदेखिने विषयमा तयार रहनुपर्नेछ ।

अमेरिकामा बालबालिकाहरुकालागि चलिरहेको परीक्षणको केन्द्रविन्दु भ्याक्सिनको सुरक्षा र तीबाट प्रतिरोधात्मक क्षमताको विकास हुनेमा छ । अर्थात् परीक्षणबाट भ्याक्सिन बालबालिकाकालागि कतिको सुरक्षित छ भन्ने अनुसन्धान भइरहेको छ । यस्तै भ्याक्सिनको कति डोजले कुनै किसिमको ठुलो साइड इफेक्ट बिना नै पर्याप्त प्रतिरोधात्मक क्षमता विकास गर्न सक्छ वा सक्दैन भन्ने विषयमा पनि खोजी भइरहेको छ ।

यद्यपी यी परीक्षणहरुको सकरात्मक परिणाम पछि पनि बालबालिकाको सुरक्षालाई लिएर अभिभावकहरुले उनीहरुलाई छिटो भन्दा छिटो भ्याक्सिन लगाईदिन तयार नहुने नकरात्मक विषय हो ।

 

आमाबुवा बनिसकेका व्यक्तिहरुमा भ्याक्सिनलाई लिएर आनाकानी

एक नयाँ अध्ययन अनुसार आमाबुवा नबनिसकेका व्यक्तिहरुको तु्लनामा आमा बुवा बनेका व्यक्तिहरुले कोरोना भ्याक्सिन लगाउनलाई आनाकानी गरिरहेका छन् । बालबालिकालाई भ्याक्सिन लगाउने सम्बन्धमा पनि यहि समस्या उत्पन्न हुनसक्ने विशेषज्ञहरु मान्दछन् ।

कोरोना भाइरसबाट १० हजार संक्रमित बालबालिकामध्ये एक जनाको पनि ज्यान जान सक्छ, यद्यपी अन्य अध्ययनहरुले यस दरलाई कम बताइरहेको छ । अमेरिकाका यी दुई विशेषज्ञहरुले बताए बमोजिम कोरोना भ्याक्सिनबाट हुने साइड इफेक्ट्सको तुलनामा भाइरसबाट हुने हानी धेरै भयानक हुनेछ ।

अन्य कुनै पनि भ्याक्सिन जस्तै भ्याक्सिनेसनपछि बालबालिकाहरु बिरामी हुने घटनाहरु देखा पर्नेछन् र आरोप भ्याक्सिनमाथि लगाइने संभावना पनि रहेको छ । तर पनि भ्याक्सिनेसन नरोकिने विज्ञहरू बताउँछन्।

साइड इफेक्ट्सलाई अतिरञ्जित गर्नबाट रोक्नुपर्नेछ

डिजिज कन्ट्रोल र प्रिभेन्सन सेन्टर्सले भ्याक्सिनेसन पछि देखापर्ने यस्ता रिपोर्टमाथि निरिक्षण गर्नुकासाथै तीनलाई प्रकाशित पनि गर्नुपर्नेछ । यस्तै साइड इफेक्ट्सका कुनै पनि कथा बढाईचढाई बुझ्नबाट पनि बच्नुपर्नेछ ।

विशेषज्ञहरुले बताए अनुसार अभिभावकलाई भ्याक्सिनको परीक्षण र यसको तथ्यांकको समीक्षापछि भ्याक्सिन लगाउनु सुरक्षित हुने बारेमा आश्वास्त बनाउनुपर्नेछ । यसैगरी अशिक्षित वर्गसम्म पुगेर भ्याक्सिनका विषयमा जानकारी दिनुपर्ने पनि उनीहरु बताउँछन् किनकी बाहिर फैलिरहेको कुनै पनि हानीकारक कोरोनाका प्रकार कुनै न कुनै दिन हामीसम्म आइपुग्नेछ ।

( एजेन्सीकाे सहयाेगमा । )

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।