तीन मोडलमा सार्वजनिक भयो एमआई नोट १० स्मार्टफोन,मूल्य कति ?

Apr 04, 2021 03:30 PM Merolagani

चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा रेड्मी नोट टेन स्मार्टफोन भित्र्याएको छ।बेस्ट–ईन–क्लास सुविधासहित कम्पनीले यो फोन नेपाली ग्राहकमाझ उपलब्ध गराएको हो ।

रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध गराएको छ ।

आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ यो फोन बजारमा आएको कम्पनीले जनाएको छ । फोनमा ४८ मेगापिक्सेलको क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरलगायतका फिचर छन् ।

आकर्षण डिजाइन र प्रविधि

रेड्मी नोट टेन आकर्षण डिजाइनका साथ भित्रिएको छ । कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित  यो फोनमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध छ ।

क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरले सञ्चालित यो फोन ६४ र १२८ जबी भेरियन्टमा उपलब्ध भएको छ । भने,¥यामको हिसाबले ४ जीबी र ६ जीबी गरी दुई फरक क्षमताका साथ नेपाल भित्रिएको छ ।

क्यामेरा सेटअप
रेडमी नोट टेनमा ४८ एमपीको मुख्य क्यामेरा छ । जसमा सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग भएको छ।पछाडिको भागमा ४ वटा क्यामेरा रहेको छ, जसमा ४८ एमपी मुख्य सेन्सर, ८ एमपी अल्ट्रा–वाइड एङ्गल लेन्स, २ एमपीको डेप्थ र २ एमपीकै म्याक्रो सेन्सर रहेको छ ।

त्यस्तै सेल्फीका लागि फोनमा १३ एमपी क्यामेरा रहेको छ ।

ब्याट्री तथा अन्य फिचर

५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा उपलब्ध रेडमी नोट टेन शुन्यदेखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले जनाएको छ । यो फोन ०.६६ मिलिमिटर पातलो र रेड्मी नोट नाइनभन्दा २०.२ ग्राम हलुका रहेको छ । जसले यो स्मार्टफोनलाई एक हातले नै प्रयोग गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

मूल्य

४ जीबी+६४ जीबी: २१ हजार ९ सय ९९ रुपैयाँ
४ जीबी+१२८ जीबी: २२ हजार ९ सय ९९ रुपैयाँ
६ जीबी+१२८ जीबी: २४ हजार ९ सय ९९ रुपैयाँ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।