फेसबुक प्रयोगकर्ताको डाटा भयो लिक, ५० करोड भन्दा धेरैको फोन नम्बरलगायतका विवरण इन्टरनेटमा

Apr 04, 2021 04:59 PM Merolagani



फेसबुकका ५० करोड प्रयोगकर्ताको डाटा इन्टरनेटमा लिक भएको छ । एक ह्याकरले प्रयोगकर्ताहरुको फोन नम्बर र अन्य विवरण निशुल्क सार्वजनिक गरेको दाबी गरिएको छ ।

यद्यपि सार्वजनिक भएका डाटा कुन देशका प्रयोगकर्ताको भएको भन्ने बारेमा यकिन छैन । विश्वभरमा फेसबुक प्रयोगकर्ताको संख्या दुई अर्ब ७ करोड भन्दा धेरै छ ।

यस लीकका विषयमा इजरायली साइबर क्राइम इन्टलीजेन्स फर्म हडसल रकका सह संस्थापक एलन गलको अलग धारण रहेको छ । उनका अनुसार यो डेटाबेस फेसबुकसँग जोडिएका फोन नम्बरहरुको उनै सेट जस्ता छन् जुन जनवरीबाट सर्कुलेट भइरहेको छ र टेक पब्लिकेशन मदरबोर्डले यसबारेमा रिपोर्ट दिइसकेको छ ।

गलले बताए अनुसार फेसबुक प्रयोगकर्ताहरु सामाजिक इन्जिनियरिङ आक्रमणका बारेमा सतर्क रहन आवश्यक छ । यस प्रकारका आक्रमणबाट ह्याकर्सले आउने समयमा प्रयोगकर्ताहरुको फोन नम्बर र व्यक्तिगत डाटा पाउन सक्नेछन् ।

हालको यस लीकका विषयमा गलले केहि डाटा भेरिफाई गरेका छन् जसमध्ये केहि उनका पिरिचित व्यक्तिहरुको फाेन नम्बर रहेको छ । गल बाहेक अन्य केहि पत्रकारहरुले पनि यहि विषयमा बोलेका छन् तर फेसबुकले भने यो डाटा धेरै पुरानो भएको बताएको छ । यो अगस्ट २०१९ मा सच्चाइएको डाटा भएको फेसबुकको भनाई छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।