मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

Apr 05, 2021 05:42 PM Merolagani



मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न प्रकृया अघि बढाएको छ। बैंकले उक्त रकम बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

ऋणपत्र निष्काशन सम्बन्धि सम्झैतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

बैंकले कुल १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो जसमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ब्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता (सो मध्ये ५ प्रतिशत अर्थात २५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।