मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

Apr 05, 2021 05:42 PM Merolagani



मुक्तिनाथ विकास बैंकले साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न प्रकृया अघि बढाएको छ। बैंकले उक्त रकम बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

ऋणपत्र निष्काशन सम्बन्धि सम्झैतापत्रमा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

बैंकले कुल १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो जसमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ब्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता (सो मध्ये ५ प्रतिशत अर्थात २५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।