ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

Apr 06, 2021 02:43 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ कराेड २० लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार भोलि बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार बुधबारको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।