स्पेशल प्रि ओपनमा कतिमा भयाे ज्योति लाइफको पहिलाे कारोबार?

Apr 07, 2021 10:46 AM Merolagani

स्पेशल प्रि ओपन सेसनमा ज्योति लाइफ इन्स्योरेन्स (JLI) को पहिलो कारोबार भएको छ। बुधबार कम्पनीको पहिलो कारोबार प्रतिकत्ता ३६०  रूपैयाँमा किनबेच  भएको हो।

स्पेशल प्रि ओपन सेसनमा प्रति कित्ता ३६० काे दरले ९० कित्ता शेयर किनबेच भएकाे छ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर मंगलबार सूचीकृत भएको थियो। कम्पनी शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार खुलेको हो।

नेप्से कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपिनिङ्ग रेन्ज तोकिएको थियो । त्यस अनुसार कम्पनीको शेयर जेएलआई कारोबार संकेतमा खुलेको हो ।

comments powered by Disqus

३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा, मोरङ, सुनसरी, झापालगायत ठाउँको विद्युत आपूर्ति सुचारु

Oct 21, 2021 02:02 PM

अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।