सर्वाेत्तम सिमेन्टद्वारा १५ बेड क्षमताको अस्पताल निर्माणको प्रतिबद्धता

Apr 07, 2021 01:49 PM Merolagani



सर्वोत्तम सिमेन्टले (SCML) १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने निर्णय गर्दै सुनवल नगरपालिकालाई प्रतिबद्धता–पत्र प्रदान गरेको छ । करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल समेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

यसका साथै सोही कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ । उक्त अत्याधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

यसैगरी, सर्वाेत्तम सिमेन्टले अब आफ्नाे उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ । 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।