अजोड इन्स्योरेन्सले हकप्रदको एजेन्डा हटायो

Apr 07, 2021 05:47 PM Merolagani



अजोड इन्स्योरेन्स (AIL) ले हकप्रद निष्काशनको एजेन्डा स्थगन गरेको छ । कम्पनी बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धि र हकप्रद निष्काशनको प्रस्ताव हटाएको हो ।

कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको थियो । तर हकप्रद निष्काशनको सूचना आउनु अघि नै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो ।

हकप्रदको सूचना सार्वजनिक हुनुअघि आस्भाविक रुपले कम्पनीको शेयरमूल्य बढेपछि अजोडको हकप्रद निष्काशन गर्ने एजेन्डा विवादिद बनेको छ । त्यसबीचमा बीमा समितिले तत्कालको लागि हकप्रद निष्काशन गर्ने एजेन्डा स्थगन गर्न निर्देशन दिएको हो ।

कम्पनी शेयरमूल्यमा बढ्नुमा हकप्रदको सूचना चुहिएर भित्रि कारोबार भएको आशंका गरेको छ । त्यस विषयमा केहि लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डले अध्ययन गर्न आग्रह समेत गरेको छ ।

त्यस अनुसार बोर्डले पनि बोर्डको निर्देशकको संयोजकत्वमा अध्ययन तथा छानविन उपसमिति गठन गरेको छ । उपसमितिको सूझाव अनुसार बोर्डले उपयुक्त निणर्य लिनेछ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।