दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै, व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गर्नु पर्ने

Apr 07, 2021 06:24 PM Merolagani



नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २९८ जनामा कोभिड १९ पुष्टि भएको छ । चार हजार १०० जनामा भएको पीसीआर परीक्षणबाट सो पुष्टि भएको हो ।

बुधबार ७४ जना कोरोना मुक्त भएका छन् भने २ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यसअघि मंगलबार २६० जनामा र सोमबार २६६ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । त्यसभन्दा अघिल्ला दिनमा १५० जनाको हाराहारीमा कोभिड १९ संक्रमण भेटिएको थियो । यस हिसाबले यस साताभित्रै संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको संख्यामा भएको वृद्धिलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्डको पालना गर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन र संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै केहि निर्णय गरेको जनाएको छ ।

ती निर्णय अन्तर्गत शैक्षिक संस्थाहरुमा उच्च सर्तकता अपनाउन, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, कन्ट्याक्ट ट्रेसिंग बढाउन र एन्टिजेन वा पसिआिर परीक्षण बढाउन, घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न र गराउन र रात्रीकालिन व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गराउने लगायतका विषय अनुरोध गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।