दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै, व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गर्नु पर्ने

Apr 07, 2021 06:24 PM Merolagani



नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २९८ जनामा कोभिड १९ पुष्टि भएको छ । चार हजार १०० जनामा भएको पीसीआर परीक्षणबाट सो पुष्टि भएको हो ।

बुधबार ७४ जना कोरोना मुक्त भएका छन् भने २ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यसअघि मंगलबार २६० जनामा र सोमबार २६६ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । त्यसभन्दा अघिल्ला दिनमा १५० जनाको हाराहारीमा कोभिड १९ संक्रमण भेटिएको थियो । यस हिसाबले यस साताभित्रै संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको संख्यामा भएको वृद्धिलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्डको पालना गर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन र संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै केहि निर्णय गरेको जनाएको छ ।

ती निर्णय अन्तर्गत शैक्षिक संस्थाहरुमा उच्च सर्तकता अपनाउन, सार्वजनिक यातायातमा भीडभाड कम गर्न, कन्ट्याक्ट ट्रेसिंग बढाउन र एन्टिजेन वा पसिआिर परीक्षण बढाउन, घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न र गराउन र रात्रीकालिन व्यवसायहरु अनिवार्य रुपमा ९ बजेपछि बन्द गराउने लगायतका विषय अनुरोध गरेको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।