यसका साथै अम्बानी परिवारका अन्य सदष्य कोकिला बेन अम्बानी, मुकेश अम्बानीका छोरा आकाश अम्बानी, छोरी ईशा अम्बानी, अनिल अम्बानीका छोरा जय अनमोल अम्बानी लगायत कुल ३४ जनालाई जरिवाना लगाइएको हो ।
सेबीले बुधबार यस विषयमा ८५ पृष्ठको आदेश जारी गरेको छ । सन् २०११ मा सेबीले यस विषयमा कारण खुलाउन भन्दै सूचना जारी गरेको थियो । आदेश अनुसार सन् २००० मा रिलायन्स इन्डस्ट्रीजले टेक ओभरको नियम पालना नगरेको भन्दै जरिवाना लगाएको हो । सो समयमा यस इन्डस्ट्रिजको भागबण्डा भएको थिएन । जसकारण भाई अनिल अम्बानी र उनकी श्रीमतीमाथि पनि यो जरिवाना लगाइयो ।
सेबीले रिलायन्स इन्डस्ट्रिजका प्रवर्तक र यसमा समावेश अन्य सम्बन्धित मानिसहरुले सन् २००० मा कम्पनीमा ५ प्रतिशतभन्दा धेरै शेयर खरिद गरेको बताएको छ । यी मानिसहरुले यसबारेमा स्पष्ट नखुलाएको सेबीको आरोप छ । नियम अनुसार प्रवर्तकहरुले यदि कम्पनीमा एक आर्थिक वर्षमा ५ प्रतिशत भन्दा धेरै शेयर बढाउँछन् भने यसलाई माइनरिटि शेयरधनीकालागि खुला अफर ल्याउनुपर्दछ जुन रिलायन्सले ल्याएन ।
आदेश अनुसार रिलायन्सका प्रवर्तकले ६.८३ प्रतिशत शेयर एकैसाथ लिएको थिए । यसबारेमा सन् २००० जनवरी ७ मा खुलाइएको थियो तर यसबारेमा सार्वजनिक सूचना जारी गरिएन ।
सेबीले यो जरिवाना एकैसाथमा वा अलग अलग तिर्न सकिने जनाएको छ । नियम अनुसार २५ करोड भारतीय रुपैयाँको अधिकतम जरिवाना वा कम्पनीको नाफाको तीन गुणा जरिवाना लगाउन सकिनेछ ।