घलेम्दीको साधारण सभा आव्हान

Apr 12, 2021 08:12 AM Merolagani



घलेम्दी हाइड्रो (GHL) ले बैशाख २३ गते होटल मुनलाईट, पक्नाजोल, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख १६ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।