अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने, नापी विभागले सुरु गर्यो ‘मेरो कित्ता’ सेवा

Apr 15, 2021 11:48 AM Merolagani



अब घरमै बसी बसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने मिल्ने भएको छ ।नापी विभागले आज अर्थात बिहिबारदेखि यो सेवा लागू गर्ने भएको हो ।

 घरजग्गा अनलाइन सेवा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै छन् । 

अब फिल्ड मै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । 

विभागका अनुुसार यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन मालपोत कार्यलय धाउनुपर्ने छैन ।

विभागले ‘मेरो कित्ता डट जिओभी डट एनपी’ सफ्टवयर विकास गरेको छ जसमा यस्तो सेवा लिन सकिन्छ ।

सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन अनलाइन सेवा दिन लागिएको हो । यो अनलाइन सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ ।
यो सँगै मेरो कित्ता लागू भएपछि घरमै बसेर घर जग्गासम्बन्धी जानकारी लिन सकिने छ ।

अनलाइन सेवा लिनको लागि यहाँ जानुहोस्




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।