अब नापी प्रशासन फेस लेस, पेपर लेस र क्यास लेस: प्रधानमन्त्री ओली

Apr 15, 2021 02:48 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले अब मालपोत तथा नापी कार्यालयहरु फेसलेस,पेपरलेस र क्यासलेस भएको बताएका छन् ।ओलीले मेरो कित्ता अनलाइन प्रणालीको बिहीबार उद्घाटन गर्दै नापी प्रशासनमा असाधारण उपलब्धि बताएका हुन ।

‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु । यो असाधारण उपलब्धि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन,हरेक ठाउँमा बनाउँदै लैजान्छौं।’

‘अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको छ’ उनले भने ।

ओलीले हरेक सरकारी कार्यालय डिजिटल बनाउदै लगेको उनको भनाई छ । उनले नयाँ–नयाँ प्रविधिको विकास गर्दै टेक्नोलोजी ट्रान्सफर पनि गरिने ओलीले बताए।

अब इन्टरनेटको माध्यमबाट घरमै बसीबसी नक्सा प्रिन्ट र राजश्व बुझाउन सकिने प्रणाली सञ्चालनमा ल्याएको छ ।

‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ नाम दिएएको यो सिस्टम बिहीबारदेखि काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको छ।