देशभरमा ५३४ जना कोरोना संक्रमित थपिए, पाँच जनाले ज्यान गुमाए

Apr 15, 2021 06:25 PM Merolagani



बिहीबार देशभरमा ५३४ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा कुल चार हजार १५२ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशमा थपिएका ती संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षसम्मका ११४ जना रहेका छन् भने २० देखि २९ वर्षभित्रका १०७ जना र ४० देखि ४९ वर्षभित्र ९२ जना रहेको पनि मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यसैगरी एक दिनमा कोरोना मुक्त हुने १५७ जना छन् भने हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ र निको हुनेको दुई लाख ७४ हजार ६०४ रहेको छ । नेपालमा अहिलेसम्म कुल तीन हजार ६६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM

माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।