'World War 4 -Endgames' एन्ड्रोइड प्लेटफर्ममा गूगल प्ले स्टोर मार्फत सार्वजनिक

Apr 16, 2021 12:57 PM Merolagani

एस्ट्रिक टेक्नोलोजीले 'World War 4 -Endgames' शुक्रबार एन्ड्रोइड प्लेटफर्ममा गूगल प्ले स्टोर मार्फत सार्वजनिक गरेको छ। 'World War 4 -Endgames' २०३० मा तेस्रो विश्वयुद्धले मानवता नै हराउने अवस्थाको परिकल्पना गरिएको एक गेम हाे।

त्यस अवस्थामा विश्वमा केवल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान तथा रुस छन् र उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन्।

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न र प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउने कम्पनीले बताएकाे छ। गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध रहेको तथा खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउने कम्पनीले जनाएको छ।

खेलमा खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गनका लागि लड्नुपर्ने पनि बताइएको छ।

यस गेमका मुख्य विशेषताहरुमा प्रत्येक १०० दिनको एक सिजन, विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास, आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन, वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट आदि रहेको कम्पनीले जनाएको छ ।

यो गेम डाउनलाेड गर्नका लागि 

https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME 

लिंक प्रयाेग गर्न सकिन्छ। यस गेममा सीमित समयको लागि ५ डलर मूल्य हाराहारी पर्ने ५० गोल्ड निःशुल्क उपलब्ध हुनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।