चालु आर्थिक वर्ष प्राथमिक निष्कासनमा ७२/७३ को रेकर्ड ब्रेक हुँदै,किन बजार बढेको बेला धेरै शेयर निष्कासन हुन्छन् ?

Apr 17, 2021 11:35 AM Merolagani

सुवास निरौला

चालु आर्थिक वर्ष प्राथमिक शेयर निष्कासन रेकर्ड ब्रेक उन्मुख देखिएको छ। गएको नौ महिनामै ११ अर्ब ८४ करोड रुपैयाँको आइपिओ निष्कासन भएसँगै प्राथमिक शेयर निष्कासन रेकर्ड ब्रेक उन्मुख देखिएको हो।

यस अघि सबैभन्दा बढी प्राथमिक शेयर निष्कासन आर्थिक वर्ष २०७२/७३ मा भएको थियो। उक्त वर्ष २६ कम्पनीले १२ अर्ब १२ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका प्राथमिक शेयर निष्कासन गरेका थिए। जुन सबैभन्दा बढी प्राथमिक शेयर निष्कासनको रेकर्ड रहेको थियो। उक्त रेकर्ड ब्रेक हुन अब २८ करोड ६६ लाख रुपैयाँ मात्रै वाँकी छ। उक्त रकम बराबरको प्राथमिक शेयर निष्कासनको स्वीकृत भएसँगै चालु आर्थिक वर्ष इतिहासकै सबैभन्दा बढी रकमको प्राथमिक शेयर निष्कासन हुने वर्षको रुपमा अर्को नयाँ रेकर्ड बन्ने छ।

चालु वर्ष नयाँ रेकर्ड बन्ने निश्चित जस्तै देखिएको नियामक निकाय नेपाल धित्रोपत्र बोर्डले जनाएको छ।  आर्थिक वर्ष समाप्त हुन अझै तीन महिना वाँकी रहेकोले उक्त रेकर्ड तोडिने निश्चित रहेकाे उसको अनुमान हो। यति बेला प्राथमिक शेयर निष्कासन अनुमतिको पर्खाइमा १५ कम्पनी छन्। उनीहरूले पाँच अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको प्राथमिक शेयर निष्कासन अनुमति मागेका छन्। जसमा केही कम्पनीलाई अन्तिम स्वीकृति दिने तयारी बोर्डको छ। जुन स्वीकृत भएसँगै उक्त रेकर्ड  ब्रेक हुने बोर्डको भनाई छ।

बजार बढेको बेलामा सबैभन्दा बढी रकम बराबरको प्राथमिक शेयर निष्कासन हुने गरेका छन्। आर्थिक वर्ष २०७२/७३ काे साउनमा सूचकले नयाँ रेकर्ड कायम गरेको थियो। उक्त वर्ष शेयर बजारले १८८१ अंकको रेकर्ड कायम गरेको थियो। सोही वर्ष सबैभन्दा बढी प्राथमिक शेयर निष्कासन भएका थिए भने चालु आर्थिक वर्ष पनि सोही सिनारियो दोहोरिएको छ। उता कारोबार मापक सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्दै जाँदा यता प्राथमिक निष्कासन समेत रेकर्ड उन्मुख देखिएको छ।

शेयर बजार बढ्दो क्रममा रहेको वर्ष प्राथमिक शेयर बिक्री नहुने सम्भावना न्यून हुने गर्छ। जसले गर्दा कम्पनीहरूले सोही वर्ष निष्कासनका लागि बढी जोड गर्ने गरेका छन्। जसको कारणले पनि बजार बढेको वर्ष प्राथमिक शेयर निष्कासनमा बढी जोड हुने गरेको बोर्डको भनाई छ। किनकि बजार बियरिस ट्रेन्डमा रहेका बेला कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासन समेत सबै सस्क्राइब हुने हम्मे हम्मे पर्ने गर्छ। पछिल्लो समय प्राथमिक शेयर बिक्री नभएर अन्डराइटरले सकार्न पर्ने अवस्था सिर्जित भएका प्रशस्त उदाहरण छन्।  हिमाल दोलखा हाइड्रोपावर र शिबश्री हाइड्रो पावरकै सबै प्राथमिक शेयर बिक्री नहुँदा अन्डराइटरले सकार्नु परेको थियो।

तर बजार बढ्दो लयमा गए यता प्राथमिक शेयर निष्कासनमा कुनै पनि कम्पनीको शेयर बिक्री नभएको अवस्था छैन। सबै जसो कम्पनीका शेयरमा माग भन्दा बढी आवेदन परिरहेका छन्। पछिल्लो समय निष्कासन भएका चन्द्रागिरि हिल्स, इन्फास्ट्रक्चर बैंकलगायत सबै कम्पनीमा माग भन्दा बढी आवेदन परेका थिए।

शेयर बजार बढेसँगै प्राथमिक बजारमा लगानीकर्ताको उपस्थिति समेत बढ्दै गएको छ। गत वर्ष करिब १७ लाखमा सिमित रहेका हितग्राही (डिम्याट) खाता शतप्रतिशत भन्दा धेरैले बढेर शुक्रवार सम्म ३४ लाख १७ हजार पुगेकाे केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले जनाएको छ। दैनिक लगानीकर्ता बढ्दै गएकै कारण निष्कासित प्राथमिक शेयरमा माग भन्दा बढी आवेदन पर्न थालेको बताइएको छ।

माग भन्दा बढी आवेदन परिरहेकै कारण धेरै जसो कम्पनीले यही बेलामा शेयर निष्कासन गर्न हतार गरिरहेका छन्। उनीहरूले बजार बढेकै कारण धेरै जसो कम्पनीले हकप्रद र एफपिओको एजेन्डा समेत भटाभट साधारण सभामा लैजान थालेका हुन्।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।