३० वर्ष पछि जलविद्युत कम्पनीहरुमा भएको सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? बोर्डले थाल्यो अध्ययन

Apr 18, 2021 04:16 PM Merolagani



३० वर्ष पछि जलविद्युत कम्पनीहरुमा भएको सर्वसाधारणको शेयरको अवस्था के हुने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले अध्ययन सुरु गरेको छ। बोर्डको वार्षिक नीति तथा कार्यक्रममा रहेकोले उक्त विषयको अध्ययन सुरु गरिएको हो।

३० वर्ष पछि जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको शेयरको अवस्था के हुने भन्ने विषय बहसमा रहेकोले बोर्डले सर्वसाधारणको शेयरको स्वामित्वको विषय आफ्नो भएकोले आफ्नै पहलमा उक्त अध्ययन गर्न लागेको हो। बोर्डले राष्ट्रिय स्तरका विज्ञ र अन्तर्राष्ट्रिय स्तरको अभ्यासलाई उक्त अध्ययनमा समेट्ने छ। उसले तयार पारेको अध्ययन रिपोर्ट सरकारलाई बुझाउने बोर्डको भनाइ छ।

बोर्डले उक्त विषयको अध्ययन गरी प्रतिवेदन बुझाउन व्यवस्थापनलाई जिम्मा दिएको छ। सोही जिम्मेवारी अनुसार व्यवस्थापनले उक्त विषयमा अध्ययन सुरु गरेको जाएको हो।