प्रि ओपन सेसनमा नेप्से १६.७३ अंकले बढ्यो

Apr 19, 2021 10:58 AM Merolagani



साताको दास्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६.७३ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा बन्द भएको थियो ।

यस दिन सो सेसनमा १६.७३ अंक बढेर २७१६.२४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ ।

यस दिन प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य सो सेसनमा स्थिर रहेको छ।