Wed, Sep 16, 2026
सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा धेरै जम्मा हुन प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको नयाँ भेरियन्टको रोकथाम तथा नियन्त्रणकालागि सोमबार मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।
मन्त्रीपरिषदको निर्णय अनुसार अब बैशाखभर विवाह, वर्तवन्ध, मलामी आदि कार्यहरुमा २५ जना भन्दा धेरै भेला हुन पाइने छैन भने पार्टि प्यालेसहरु बन्द रहने छ ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।