ब्रोकरको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तार :बोर्डका अध्यक्ष ढुंगाना

Apr 19, 2021 04:32 PM Merolagani



नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र दलाल व्यवासायी (ब्रोकर)को शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुग्ने बताएका छन्। प्राथमिक बजारको सेवा देशव्यापी भईसकेको अवस्थामा अब दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा बाेर्ड रहेकाे उनले स्पष्ट पारे ।

भिजन सेक्युरिटिजको नवलपुरको कावासोतीमा शाखा कार्यालय समुदघाटन गर्न पुगेका ढुंगानाले देशका कुनाकाप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो  स्थानीय तहमा सेवा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको अव समाधान हुने बताए ।

उनले भने,"ऋणपत्र बजार सञ्चालन,ओटिसी बजारको यान्त्रिकरण लगायतका विषयहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढेकाे छ । त्यसैगरी आगामी आर्थिक वर्षमा प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा छन् । लामो समयदेखि प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया यसै आर्थिक वर्षमा टुङ्गोमा पुर्याउने लक्ष्यका साथ तिव्र गतिमा कार्य भैरहेको छ ।"

अागामी बर्षमा नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्ने गरी बोर्ड अघि बढिरहेको अध्यक्ष ढुंगानाले जानकारी गराए । 

ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा,व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्नुपर्ने बताए  । ब्रोकरको कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत ढुंगानाले जानकारी गराए ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।