निरन्तर दुई दिन उच्च अंककाे गिरावट पछि नेप्से सूचक २६६१.९३ विन्दुमा झर्याे, काराेबार रकम पनि खुम्चियाे

Apr 19, 2021 03:53 PM Merolagani



नेप्से सूचक दुई कारोबार दिन निरन्तर ओरालो लागेको छ । आइतबार ३५.८९ अंकले ओरालो लागेको नेप्से सूचक सोमबार पनि ३७.५८ अंकले घटेर निरन्तरता दिएकाे हो ।

यस साताको दुई कारोबार दिनमा नेप्से सूचक ७३.४७ अंकले ओरालो लागेको हो । अघिल्लो ४ कारोबार दिन दैनिक नयाँ रेकर्ड बनाउदै उकालो लागेको नेप्से सूचक दुई कारोबार दिनमै ह्वातै झरेको छ । लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा यस दिन पनि नेप्सेमा करेक्सन देखिएको हो ।

सोमबार नेप्से सूचक १.३९ प्रतिशत अर्थात ३७.५८ अंकले घटेर  २६६१.९३ विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २१३ कम्पनीका १ करोड ४२ लाख ७६८ कित्ता शेयर किनबेच भएर ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से सूचकसंगै कारोबार रकम पनि घटेको छ । आइतबारको तुलनामा कारोबार रकम २ अर्ब ३ करोड ५० लाख रुपैयाँले घटेको हो । आइतबार ८ अर्ब ८० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

साेमवार करेक्सन देखिएपनि २ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यता आजै तेस्रो त्रैमासिक वित्तीय विवरण सर्वजनिक गरेको चन्द्रगिरी हिल्सको शेयरमूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सञ्चालक आम्दानीसंगै घाटा बढेपछि शेयरमूल्य ९.८० प्रतिशतले घटेको हो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक,आईएमई जनरल रिडी हाइड्रोपावर लगायतको शेयरमूल्य ओरालो लागेका छन् ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने फाइनान्स र हाइड्रोपावर उपसमूहको परिसूचक बढेको छ । यस दिन फाइनान्स उपसमूहको परिसूचक ०.४८ प्रतिशत र हाइड्रोपावर उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको हो । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.१७ प्रतिशत घटेको छ । त्यसैगरी, व्यापार उपसमूहको परिसूचक २.९ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, निर्जीवन बीमा,माइक्रोफाइनान्स र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । यस दिन कोषको २८ करोड ३४ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एचआईडिसीएल, निफ्रा, एनआईसी एशिया लघुवित्त, अपर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयर २० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।