लक्ष्मी बैंकको 'ओरेन्ज सेभिंग प्लस'बाट ग्राहकहरूले ४.५ % वार्षिक ब्याज प्राप्त गर्ने

Apr 19, 2021 05:30 PM Merolagani



लक्ष्मी बैंकको (LBL) प्रिमियम बचत खाता 'ओरेन्ज सेभिंग प्लस'बाट ग्राहकहरूले अब ४.५ % वार्षिक ब्याज दरको साथै थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

'ओरेन्ज सेभिंग प्लस' खाता भएका ग्राहकले १ लाख रूपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रूपैयाँसम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउन सक्नेछन्। यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी यस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड ओरेन्ज - कार्ड  निशुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिंग प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको खाता शुभश्री लक्ष्मी बचत खाता मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को ब्याज दर प्रदान गरिरहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।