भारतमा एकैदिन करिब ३ लाख मानिस काेराेना संक्रमित, मृत्यु हुनेकाे संख्या २०२३

Apr 21, 2021 03:30 PM Merolagani



भारतमा दोश्रो लहरको कोरोना कहर जारी छ । हरेक दिन कोरोना संक्रित हुने र संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा भारतमा करिब तीन लाख मानिसहरु संक्रमित भएका छन् भने २ हजार भन्दा धेरै संक्रमितको निधन भएको छ ।

एकैदिन थपिएका संक्रमितको संख्या अनुसार यो हालसम्मकै धेरै हो । २४ घण्टामा भारतमा २ लाख  ९५ हजार ४१ जनामा काेभिड १९ पुष्टि भएकाे छ भने २ हजार २३ जना संक्रमितकाे ज्यान गएकाे छ ।

हाल भारतमा संक्रमणको बढ्दो संख्याका कारण प्रभावित स्थानहरुमा बेड,भेन्टिलेटर, रेमडेसिविर र अक्सिजनको अभाव रहेको छ । यसैगरी मृत्यु भएका संक्रमितको अन्त्येष्टिकालागि घण्टौं कुनुपर्ने बाध्यता सिर्जना भएको छ ।

हालसम्म सो देशमा कुल संक्रमितको संख्या एक करोड ५६ लाख ९ हजार भन्दा धेरै पुगेको छ । यस्तै कोभिड १९ संक्रमणका कारण ज्यन गुमाउनेको कुल संख्या एक लाख ८२ हजार ५७० रहेको छ ।

भारतमा ११ दिनयता दैनिकजसाे संक्रमणकाे संख्या दाेब्बर भइरहेकाे छ । अप्रिल ९ मा दिनभरमा एक लाख ३१ हजार जना संक्रमित भएकाेमा अप्रिल २० मा २ लाख ७३ हजार जना संक्रमित भएकाे तथ्यांक सार्वजनिक भएकाे छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।