कोरोना भाइरस फौलिएसंगै रोकियो सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक

Apr 20, 2021 11:15 AM Merolagani



कोरोनाको नयाँ भेरियन्टको कारण सरकारले कठाइ गरेपछि सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक स्थगित भएको छ । 

बैशाख अन्तिमबाट सुरु हुने भनिएको क्यान इन्फोटेक अन्तिम चरणमा आएर रोकिएको कम्प्युटर एसोसियसन नेपालले जनाएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको थियो ।

क्यान इन्फोटेकको २७ औं संस्करण यो २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि तयारी गरिएको तर, कोभिड–१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको कारण रोक्ने अवस्था आएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जनकारी दिए ।

 

उनका अनुसार कोभिड–१९संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२१लाई अर्को निर्णय नआउदा सम्म स्थगित गरिएको हो ।

कोरोना भाइरस संक्रमणकै कारण गत बर्षपनि अन्तीम चरणमा आएर क्यान इन्फोटेक रोकिएको थियो । क्यान इन्फोटेकसँगै नाडा अटो सो लगाएत थुप्रै मेलाहरु रोकिने संकेत देखिएको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।