अर्ना बियर लण्डन बियर प्रतियोगितमा बिजयी

Apr 20, 2021 12:47 PM Merolagani

लण्डनमा गत मार्च १७, २०२१ मा आयोजित “लण्डन वियर कम्पिटिशन २०२१” मा अर्ना ८ तथा अर्ना लाइट वियरले क्रमशः रजत र काश्य पदक हासिल गर्न सफल भएका छन् । जुन विश्व वियर उद्योगमा सर्बोच्च मान्यता प्राप्त प्रतियोगिता हो ।

यति ब्रुअरीले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।

लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।

लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवंम् उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

यस प्रतिस्पर्धाका निर्णायकहरु वियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै विश्लेशक, उत्पादन पक्ष, विक्रिवितरण, व्यापार प्रवर्द्धन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरि छनोट गरिएको थियो ।

अर्ना ८ ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइटले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।