धितोपत्र बोर्ड र आइक्यानबीच सहकार्य गर्ने सम्झौता, पूँजी बजार थप पारदर्शी बन्ने बोर्डको विश्वास

Apr 20, 2021 02:10 PM Merolagani



नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भिष्म राज ढुंगाना र आइक्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गरेका हुन् ।

त्यस क्रममा बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूणर्ता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूणर् सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूणर् भएको बताए ।

यस्तै आइक्यान का अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकिय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आइक्यान प्रतिबद्ध रहेको बताए ।

बोर्ड तथा आइक्यानका उच्च पदाधिकारीहरूको समेत उपस्थितिमा भएको उक्त सम्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने बोर्ड विश्वास छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।