ग्रहको लागि ‘गम्भीर चेतावनी’ः कोइलाले आर्थिक सुधारलाई शक्ति दिइरहेको छ

Apr 20, 2021 08:38 PM Merolagani

ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन यस वर्ष खतरनाक रुपले बढ्ने देखिन्छ किनभने विश्व अर्थव्यवस्था भारी रिकभरिबाट गुजरीरहेको छ।

एक नयाँ रिपोर्टमा, अन्तरराष्ट्रिय उर्जा एजेन्सीले अनुमान गरेको छ कि एशियामा, विशेष गरी चीनमा नविकरणीय श्रोतहरुको वृद्धिभन्दा बढी कोइला उपभोगले यस वर्ष कार्बन उत्सर्जन १.५ बिलियन टन बढ्नेछ। यो इतिहासमा ऊर्जा सम्बन्धि उत्सर्जनमा दोस्रो ठूलो वार्षिक वृद्धि हुनेछ।

‘यो गम्भिर चेतावनी हो कि कोभिड १९ संकटबाट आर्थिक सुधार अहिलेको लागि सबै कुरा हो, तर जलवायुको लागि दिगो हुनुपर्यो,’ कार्यकारी निर्देशक फेटी बिरोलले भने, ‘यदि विश्वभरको सरकारले उत्र्सजन कटौती गर्ने कार्यलाई तिव्रता नदिएसम्म, हामी २०२२ मा योभन्दा नराम्रो अवस्थाको सामना गनुपर्नेछ।’

अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा क्यालइमेट क्रइसेसको विषयमा आयोजना गरिने दुई दिने अधिवेशनमा विश्वका ४० नेताहरु सँगै आउनुभन्दा अघि पेरिस आधारित समूहले यसको अलार्म बजाएका थिए। बिरोल यसलाई ‘स्पष्ट र तत्काल कारवाही गर्ने महत्वपूर्ण क्षण’ बताउँछन्।

गत वर्ष विश्वभरका मुलुकहरुले मानिसहरुले कोभिड १९ को संक्रमणबाट बचाउन गरेको लकडाउनका कारण उत्सर्जनमा नाटकिय गिरावट आएको थियो।

तर, महामारीबाट मौसममा हुने कुनै पनि फाइदा अल्पकालिन हुने देखिन्छ। विकासशील राष्ट्र तथा उदयमान बजारहरुमा बढ्दो प्रयोगका कारण आईइएले सन् २०२१ मा विश्व ऊर्जा माग ४.६ प्रतिशत बढ्ने अनुमान गरेको छ र २०१९ को लेभललाई नाघ्ने छ।

सन् २०२० मा ८० प्रतिशत घटेका कारण, ऊर्जा सम्बन्धित उत्सर्जन सन् २०१९ को स्तरभन्दा तल हुने अपेक्षा गरिएको थियो। कोइलाको उपयोगमा पुनरुत्थान विशेष रुपमा चिन्ताको विषय हो, जसको माग यस वर्ष २०१४ को शिखरमा पुग्ने अपेक्षा गरिएको छ।

कोइलाको विश्वभरको मागको ५० प्रतिशत हिस्सा चीनको हुने अपेक्षा गरिएको छ। अमेरिका र यूरोपमा पनि प्रयोग बढ्दो छ तर, यो ‘प्रि क्रइसेस लेभलभन्दा तल’ हुने अपेक्षा गरिएको छ।

यसै हप्तामा, संयुक्त राष्ट्रका महासचिव एन्टोनि गुटेरेसले सन् २०३० सम्ममा विकसित मुलुकहरुलाई कोइलाको उपयोगिता कम गर्न र कोइला आगो ऊर्जित पावर प्लान्टको अन्त्य गर्न आव्हान गरेको छ।

यहीबेला, विद्युत माग पछिल्लो दशकमा भन्दा तिव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ।

तर, यहाँ केही राम्रा समाचारहरु पनि छन्ः सन् बढ्दो विश्व विद्युत आपूर्तिको आधाभन्दा बढी नविकरणीय श्रोतहरुबाट आउनेछन्, यसलाई चीनको बढ्दो सोलार र वायु उर्जाले डोर्याउनेछ।

ईआइएको अनुमान कोभिड १९ संक्रमण र खोपको प्रक्षेपवक्रमा स्पष्टताको कमीलाई ध्यानमा राख्दै ‘प्रमुख अनिश्चितता’ को अधिनमा छ। यदि यात्रा अपेक्षा गरिएभन्दा चाँडो भएमा, ऊर्जाको माग अझ बढ्नेछ।

(सीएनएनबाट अनुवादित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।