महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त

Apr 20, 2021 06:48 PM Merolagani



महालक्ष्मी लाइफ इन्स्योरेन्सको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले रवि राज भट्टराईलाई स्वतन्त्र संचालकमा मनोनयन गरेको छ।

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि बसेको पहिलो बैठकबाट कम्पनीले भट्टराईलाई स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

टोखा नगरपालिका वार्ड नं. ४ का भट्टराई पेशाले चार्टड एकाउन्टेन्ट हुन् । उनले विगतमा नविल बैंक लिमिटेड र विभोर विकास बैंकमा काम गरिसकेका छन् ।

उनले आजै संचालक समितिका अध्यक्ष मनोरजन रमण शर्माबाट सपथ लिएका छन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।