थप २५५९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Apr 23, 2021 05:28 PM Merolagani



पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको मन्त्रालयले जनाएको छ ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।