फरवार्ड लघुवित्त नाफामा सुधार हुँदा प्रतिशेयर आम्दानी कति पुग्यो?

Apr 28, 2021 02:32 PM Merolagani



फरवार्ड लघुवित्त (FOWAD) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तको खुद नाफा ६६.१४ प्रतिशतले बढेर ३६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै लघुवित्तले ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि हुदाँ नाफा बढेको हो।

चुक्ता पूँजी ६२ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ५ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा ६ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्था मार्फत ८ अर्ब ७५ करोड १६ लाख रुपैयाँ ऋण लिएर १५ अर्ब ३३ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिसम्ममा लघुवित्तले ८५ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५१.७७ प्रतिशतले धेरै हो। साथै लघुवित्तको सञ्चालन आम्दानी ६६.१९ प्रतिशले बढेर ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात २.७९ प्रतिशत रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ४५ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०४ गुणा बढी छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।