हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय अवस्था कस्तो?

Apr 29, 2021 05:52 AM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने ईपीएस सामान्य घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानीसँगै फि कमिशन आम्दानी बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी १९ लाख ७६ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा ०.६१ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४५ पैसा घटेर ५ रुपैयाँ २ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११६.६ गुणा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.९२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २३.७९ प्रतिशत बढेको छ भने कर्जा २७६.६३ प्रतिशत बढेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।