शुक्रबार नेपालमा ५,७२७ जना कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या ३३

Apr 30, 2021 05:52 PM Merolagani

शुक्रबार नेपालमा पाँच हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन् । विगत २४ घण्टामा देशभरमा भएको १५ हजार ९१६ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १५ हजार ३९१ आरटि पीसीआर परीक्षण र ५२५ एन्टिजेन परीक्षण भएको थियो । 

यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३३ रहेको छ । हालसम्म देशमा कुल तीन हजार २७९ जना संक्रमितको निधन भइसकेको छ । सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने ९२८ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख २३ हजार १८७ र संक्रमण जित्नेको संख्या दुई लाख ८१ हजार ९५ रहेको छ ।

आज काठमाडौंमा दुई हजार ४०४ जना, ललितपुरमा ४४१ जना र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन दुई हजार ९७८ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल क्वारेन्टिनमा ५५ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे ३० देखि ३९ वर्षसम्मका एक हजार ३८९ जना र २० देखि २९ वर्षभित्रका एक हजार ३७२ जना रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।