आजैदेखि फाइभ जी र डिजिटल पेमेन्ट ‘नमस्ते पे’को परिक्षण शुरुवात

May 02, 2021 02:23 PM Merolagani



सरकारले सूचना तथा प्रविधि दिवसको अवसारमा फाइवजी र नेपाल टेलिकमको डिजिटल भुक्तानी कम्पनी नमस्ते पेको परीक्षण सुरु गरेको छ ।

सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले गुरुङले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात भएको जानकारी दिए । तत्कालका लागि नेपाल टेलिकमबाट फाइभ जीको परीक्षण शुरुवात गरिने उनको भनाई छ ।

‘अहिले हामीले फोरजी सेवा ७७ वटै जिल्लामा पुर्याइसकेका छौं, यद्यपि केही जिल्लामा अझै समस्या छ,’ उनले भने ।

त्यसैगरी आजैबाट डिजिटल पेमेन्ट कम्पनी नमस्ते पेको समेत परीक्षण गरिने भएको छ । मन्त्री गुरुङले भने ‘प्राविधिक कारण त्यसको शुरुवात गर्न सकिएन ।

यद्यपि आजदेखि परीक्षण भने शुरु हुन्छ,’ उनले भने ।

आज सुरु भएका सेवाहरु

नागरिक एप क्युआर कोर्ड, बैंक अकाउन्ट
नागरिक एप फुल भर्सन
अनलाइनबाटै प्रेस कार्ड नवकिरण
अनलाइनबाटै सवारीकर




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।