दिनहुँ सकारात्मक सर्किट लेभमा काराेबार भइरहेकाे महिला लघुवित्तको अवस्था कस्तो छ हेराैं ?

May 02, 2021 04:56 PM Merolagani



पछिल्लाे समय दैनिक सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे महिला लघुवित्त (MLBSL) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा गत आर्थिक वर्षको भन्दा ११२.५५ प्रतिशतले धेरै हो। लघुवित्तको खुद ब्याज आम्दानी ६१.४९ प्रतिशत र सञ्चालन नाफा १४९.९० प्रतिशतले बढ्दा नाफामा उल्लेख्य वृद्धि भएको हो।

चैत मसान्तसम्म ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.२५ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत उल्लेख्य सुधार भएको छ। प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाले बढेर आम्दानी ८५ रुपैयाँ ६६ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २९१ रुपैयाँ ८४ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.८३ गुणा रहेको छ।

सर्वसाधारणमा ४ लाख कित्ता आइपीओ निष्काशन गरेको लघुवित्तको दास्रो बजारमा निरन्तर मूल्य वृद्धि भइरहेकाे छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।